सुनिललाई निर्णायक बी लाईसेन्स
अमेरिकामा रहेका एघारौ दक्षिण एशियाली खेलकुदका स्वर्णधारी सुनिल लामाले कुमिते तर्फको बी श्रेणीको निर्णायक लाईसेन्स प्राप्त गरेका छन् ।
युएसए राष्ट्रिय कराते महासंघले आयोजना गरेको दुई दिने निर्णायक सेमिनारबाट उनी निर्णायक परिक्षा उत्तीर्ण गर्न सफल भएका हुन् । सेमिनार कार्तिक २६ र २७ गते संचालन भएको थियो । अव सुनिलले अमेरिकामा आयोजना हुने कराते प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न पाउने कराते प्रशिक्षक एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका महासचिव दीपक श्रेष्ठले जानकारी गराएका छन् ।
प्रशिक्षक दीपक श्रेष्ठका अनुसार अमेरिकाको न्यूयोर्कमा २८ र २९ गते आयोजना हुने फिका युएसए खुला कराते च्याम्पियनसिपमा १७ औं एशियन गेमकी कास्य पदकधारी विमला तामाङले व्यक्तिगत कातामा प्रतिस्पर्धा गर्ने भएकी छिन् । उक्त प्रतियोगितामा सुनिल लामाले निर्णायकको भूमिका निर्वाह गर्ने समेत श्रेष्ठले जानकारी गराए ।
फेसबुक प्रतिक्रिया