सुनील र अन्जुलाई स्वर्ण

सुनील तामाङ र अन्जु विकले तेश्रो यु–१९ राष्ट्रिय गोर्खा खुकुरी मार्सल आर्ट्स च्याम्पियनसिपमा शनिबार आ–आफ्नो स्पर्धामा स्वर्ण जितेका छन् ।
नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको संयोजनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको अन्य स्पर्धामा स्विटी तामाङ, सविन तामाङ, सुजिता तिमल्सिना, अन्जु राई, सचिता बुढाथोकी र पासाङ सुनवारले स्वर्ण जिते । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार पाए ।
विजेतालाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव दीपक श्रेष्ठ, खेलकुद प्रतियोगिता तथा योजना विभाग, राखेपका प्रशासकीय अधिकृत मीनकुमार शर्मालगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे ।
त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमीकभर्डहलमा भएको एकदिने प्रतियोगितामा १ सय २० खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373