सुबास सम्मानित
नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले आफ्ना खेलाडी सुबास घतानेलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
पूर्वाञ्चलमा गत पुसमा भएको सातौं राष्ट्रिय खेलकुदको करातेतर्फ स्वर्ण जित्न सफल सुबासलाई ५० हजार नगदसहित सम्मान गरिएको हो ।
पुरुष ७५ केजीको फाइनलमा नेपाल आर्मीका सुबासले फाइनलमा नेपाल प्रहरीका गंगाराम कुशुवारलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगिताको पहिलो सहभागितामै स्वर्ण जितेका थिए ।
एसकेआईएफको आयोजनामा शनिबारदेखि सातदोबाटोमा सुरु नवौं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन अवसरमा एसकेआईएफका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ र उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले सुबासलाई सम्मान पत्र र नगद ५० हजार रुपैयाँ प्रदान गरे ।
फेसबुक प्रतिक्रिया