Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

सुमन लामालाई सिवानी एअर चेसको उपाधि

काठमाडौका सुमन लामाले सिवानी एअर फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । बुधबार सम्पन्न आठौं चरणको खेलमा कैलालीका कैलालीका दिर्घराज जोशीलाई पराजीत गरेका सुमनले नवौं चरणमा चितवनका सुमित पन्तसँग बराबरी नतिजा निकाल्दै २५ हजार नगद समेत प्राप्त गरे । ९ खेलबाट ७ अंक बनाएका सुमनले समान सात–सात अंक बनाउन सफल काठमाडौंका भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठ तथा कमल श्रेष्ठलाई प्रोगेसिभ प्वाईन्टमा पछि पार्दै उपाधि हात पार्न सफल भएका हुन् ।
नवौं चरणमा फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठलाई पराजीत गरेका राजेन्द्रप्रसादले दोश्रो हुँदै १५ हजार नगद प्राप्त गरे । राजेन्द्रले आठौं चरणको खेलमा भक्तपुरका भेट्रान गणेशमान दुवालसँग बराबरीको नतीजा निकालेका थिए । आठौं तथा नवौं चरणमा क्रमशः मिलन लामा तथा क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीमाथि जीत हात पारेका कमल श्रेष्ठले तेश्रो हुँदै १० हजार नगद हात गरे ।
समान ६ दशमलब ५ अंक बनाएका गणेशमान दुवाल, रिजेन्द्र राज भण्डारी, सुमित पन्त, झापाका प्रकाश नेपाल तथा नविन तण्डुकार क्रमशः चौथो, पाचौं, छैटौं, सातौं र आठौं स्थानमा रहन सफल भए । त्यसैगरी समान ६ अंक बनाएका ललितपुरका रविन्द्र शाक्य र सुजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः नवौं तथा दशौं स्थानमा रहन सफल भए ।
सिन्धुलीका राजन पहाडी (६ अंक) तथा मोहन सिंह प्रधान (५ दशमलब ५ अंक) १६०० भन्दा कम रेटिङ समुहमा क्रमशः पहिलो र दोश्रो हुन सफल भए । महिलातर्फ अस्मिता अधिकारी (५ अंक) तथा पुजा सिंखडा (३ दशमलब ५ अंक) क्रमशः पहिलो र दोश्रो हुन सफल भए । त्यसैगरी अनरेटेडतर्फ सविन चन्द्र घिमिरे (६ अंक), हरि श्रेष्ठ (५ दशमलब ५ अंक) र संजिव कुमार चौधरी (५ दशमलब ५ अंक) क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहन सफल भए ।
राष्ट्रिय भेट्रान च्याम्पियन जर्नादन श्रेष्ठ ( ५ दशमलब ५ अंक) तथा ताप्लेजुङका भवानी लिम्बु (५ अंक) ५५ वर्ष भन्दामाथि उमेर समुहमा क्रमशः पहिलो र दोश्रो हुन सफल भए । उता १६ वर्षभन्दा मुनि उमेर समुहमा मिलन लामा (५ दशमलब ५ अंक), मोहम्मद अदनम अदिल (५ दशमलब ५ अंक), प्रवेश लामा (५ अंक), राजकुमार शाह (४ दशमलब ५ अंक) तथा दिपेन्द्र गमाल (४ दशमलब ५ अंक) का साथ क्रमशः पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौं स्थानमा रहन सफल भए ।
जिल्ला खेलकुद विकास समिति ललितपुर र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा प्रयागपोखरी ललितपुरमा भदौ ५ गतेबाट शुरु भएको प्रतियोगितामा नेपालका ७१ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए । फिडेको स्विस लिग अनुसार ९ चरणमा सम्पन्न प्रतियोगिताका विजयी खेलाडीलाई विश्व बुद्धिचाल महासंघ (फिडे) जोन ३ दशमलब २ का अध्यक्ष राजेशहरी जोशी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464