सृजना आमन्त्रण महिला तथा पुरुष भलिब प्रतियोगिता २०७३, सेनाको विजयी सुरुवात

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पोखरामा आयोजना भएको प्रथम सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ मा विजयी सुरुवात गरेको छ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास संघ, पश्चिमाञ्चल भलिबल संघ र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालमा भएको प्रतियोगिताको उद्घाटन खेलमा सेनाको त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३—० को सोझो सेटमा पराजित ग¥यो ।
पहिलो सेटमा २३—१९ को जित निकालेको आर्मीले दोश्रो सेटमा कडा प्रतिस्पर्धा गर्नु प¥यो । दोश्रो सेटमा आर्मीले एपिएफ माथी २९–२७ को जित निकाल्यो भने तेश्रो सेटमा २५¬–२१ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पा¥यो । यसका साथै सेनाले ३ अंक बटुल्यो ।
सृजना विकास केन्द्र कास्कीको प्रायोजनमा भएको प्रतियोगिताको प्रमुख अतिथी कास्कीका सांसद रविन्द्र अधिकारीले रेफ्री नारायण बहादुर भण्डारीलाई भलिबल प्रदान गर्दै उद्घाटन गरेका थिए ।
सांसाद अधिकारीले प्रतियोगिताको उद्घाटन गर्दै भलिबलको उर्वर भूमी पोखरालाई खेलकुद र खेल पर्यटनको राजधानी बनाउन आफु लागि पर्ने प्रतिवद्धता जनाए । उनले राजनीतिमा पनि प्रतिस्पर्धा हुने तर खेलमा जस्तै स्वच्छ प्रतिस्पर्धा नहुने भन्दै राजनीतिमा पनि स्वच्छ प्रतिस्पर्धा भएमा राष्ट्रको उन्नती तथा विकास हुने बताए ।
यस्तै अर्का सांसद सारदा शर्माले पोखराको रङ्गशालालाई अन्तराष्ट्रिय रङ्गशालाको रुपमा निर्माण गर्न आफु लागि पर्ने बताईन् ।
प्रतियोगितामा निर्णायकको तर्फबाट राष्ट्रिय रेफ्रि, पश्चिमाञ्चल भलिबल संघका सह कोषाध्याक्ष एवं प्रतियोगिता प्राविधिक कमिटिका संयोजक नारायण बहादुर भण्डारी र खेलाडीहरुका तर्फबाट एपिएफका अन्तराष्ट्रिय खेलाडी महेन्द्र श्रेष्ठले सपथ गरेका थिए ।
माघ २९ गते सम्म संचालन हुने प्रतियोगितामा महिला र पुरुष दुवै तर्फ नेपालका पाँच र भारतको एक गरि ६÷६ टिमको सहभागिता रहेको छ ।
करिब ३५ लाखको अनुमानित लागत रहेको प्रतियोगितामा महिला र पुरुष दुवैलाई पहिलो, दोश्रो र तेश्रो हुनेलाई समान क्रमशः १ लाख ५५ हजार ५सय ५५, ७७ हजार ७ सय ७७ र ३३ हजार ३ सय ३३ नगदका साथै ट्रफी मेडल र प्रमाण पत्र तथा उत्कृष्ट खेलाडीलाई १० हजार र उत्कृष्ट ६ क्याटागोरी उत्कृष्ट लिफ्टर, ब्लकर, सेटर, स्पाईकर, डिफेन्डर र सर्भरलाई ५ हजार नगद प्रदान गरिने कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल भलिबल संघका उपाध्याक्ष याम बहादुर गुरुङ्गले जानकारी गराए ।
भोलीको खेल महिला तर्फ एपिएफ र आर्मी तथा भारतको युपी भलिबल संघ र नेपाल पुलिस विच हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373