Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

सेना अन्तिम चारमा

नेपाल पुलिस क्लबमाथि १३ रनको जित निकाल्दै त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३४ औं राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधबार भएको दोस्रो खेलमा आर्मीले पुलिसमाथि जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो । आर्मीले पाँच खेलबाट ८ अंक बनाएर समूह विजेता बन्दा ६ अंक जोडेको पुलिस उपविजेता बन्यो । पुलिससँगै कर्णाली प्रदेशको पनि समान ६ अंक भए पनि रन रेटको आधारमा अन्तिम चारमा पुग्नबाट बञ्चित भयो ।
आर्मीले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । आक्रामक ब्याटिङ गरेका आरिफ शेख २४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन । ओपनर कुशल भुर्तेल ९ रन जोड्ने क्रममा रन आउट हुँदा अर्का ओपनर सुनिल धमलाले २७ तथा दिलिप नाथले २३ रनको योगदान गरे । कप्तान दिपेन्द्र सिंह ऐरी २१ रनमा पवेलियन फर्किदा योगेन्द्र सिंह कार्की १४ रनमा रन आउट भए । यस्तै पवन सराफ १३ रनमा सहाब अलामको बलमा सोनु तामाङबाट क्याच आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । बलिङ तर्फ आर्मीका स्पिनर शाहब आलमले ४ ओभरमा २४ रन खर्चेर २ विकेट निकाल्दा सोमपाल कामीले ४ ओभरमा ४५ रन खर्चेर समान २ विकेट लिए । जितेन्द्र मुखिया र सुशन भारीको नाममा एक÷ एक विकेट रह्यो ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो । आर्मीका कप्तान विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै २९ बलमा २ चौका र ७ छक्कासहित ६६ रनमा अविजित रहे । म्यान अफ दि म्याच घोषित भएका भण्डारीले २२ बलमा अर्धशतक पूरा गरेका थिए । यस्तै ओपनर अर्जुन साउदले ३४ बलमा ७ चौका र २ छक्कासहित ५३ रन बनाउने क्रममा करण केसीबाट रनआउट हुन पुगे । अर्का ओपनर हरि चौहान शून्यमा पवेलियन फर्किदा भिम सार्कीले १५ र रोहित पौडेलले १४ रनको पारी खेल्दै आर्मीको इनिङलाई अगाडि बढाउने प्रयास गरेका थिए । यस्तै राजेश पुलामी १४ रनमा पवेलियन फर्किए । १२ बल खेल्दा पुलामीले २ चौका प्रहार गरेका थिए ।
यससँगै नवौं राष्ट्रिय खेलकुद अन्र्तगत पुरुष क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । यस अघि मंगलबार समूह ‘बी’ बाट दुई टोलीको टुङ्गो लागेको थियो । एनआरएनए स्पोट्स एकेडेमी ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै पाँच अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउन सफल भयो भने उपविजेताको रुपमा सुदूरपश्चिम प्रदेशले अन्तिम चारमा स्थान बनाएको थियो । सुदूरपश्चिम ४ खेलमा १ मा जित, १ मा हार र २ खेलमा अंक बाँड्दै ४ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको हो । यता उपाधि दावेदार एपिएफ र बागमती प्रदेशका सबै खेलमा बर्षा बाधक बनेपछि कुनै पनि खेल खेल्न नपाई बाहिरिएका थिए । बागमती प्रदेश र एपिएफ ४–४ अंकका साथ तेस्रो र चौथो स्थानानमा रहँदै बाहिरिए । समान ४÷४ अंक भए पनि सुदूरपश्चिमले एक खेलमा निकालेको जितको आधारमा सेमिफाइनलमा पुगेको हो ।
बिहीबार पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘बी’ को उपविजेता सुदूरपश्चिमबीच दिनको पहिलो खेल हुनेछ भने दोस्रो सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता पुलिस र समूह ‘बी’ को विजेता एनआरएनएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शुक्रबार हुनेछ । बिहीबार तय भएका सेमिफाइनल खेल वर्षाका कारण हुन नसके समूह विजेता टोली फाइनलमा पुग्नेछन ।
अर्को खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ८ रनले पराजित ग¥यो । टस हारेर पहिलो ब्याटिङ्गको निम्तो पाएको कर्णाली प्रदेशले निर्धारित १३ ओभरको खेलमा ७ विकेटको क्षतिमा ९३ रन जोड्यो । ९४ रनको जवाफी चुनौतीका साथ मैदान प्रवेश गरेको गण्डकी प्रदेशले निर्धारित १३ ओभरको खेलमा ९ विकेटको क्षतीमा ८५ रन जोड्न सफल भयो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464