सेपाकताक्रोको पुरुष र महिला डबल्समा आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रोको पुरुष र महिला डबल्समा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।
नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फको डबल्समा सेनाले प्रदेश नम्वर १ लाई २(० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।
अनिल जर्घा मगर, रोशन तामाङ र दिपेश जंग थापाले सेनालाई स्वर्ण दिलाएका हुन्। सो स्पर्धामा रजत पदक प्रदेश नं १ र कास्य पदक बागमती प्रदेशले जिते।
यसैगरी महिला डबल्स तर्फ आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ ।
सेनाका लागि चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाएका हुन्। गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरे।
सेपाकताक्रोमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिइरहेका छ्न् ।
फेसबुक प्रतिक्रिया