सेपाकताक्रो : ६ मध्य ५ स्वर्ण सेनालाई
पुर्वी नवलपरासीको कावासोतीमा सन्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको सेपाकताक्रोको तीन वटै विधाको ६ स्वर्ण मध्य ५ स्वर्ण विभागिय टिम आर्मीले जितेको छ ।
बुधबार सम्पन्नपुरुष रेगु तर्फको फाईनलमाविभागीय टोलि आर्मीले गण्डकीलाईलाई २–१ को सेटमा हराउदै स्वर्ण हातपारेको हो ।
आर्मीका लागि सन्जितधिमाल, सुर्य चौधरी, उमेश महतो, दिपेश जंगथापा रोशनतामाङ्गको समुहले स्वर्ण जितेका हुन ।
विभागीय टिम आर्मीले यो सँगै सेपाकताक्रोको डबल, रेगु र क्वार्ड विधाको महिलातर्फको तीन वटै र डबल विधाको पुरुषतर्फको १ स्वर्ण र रेगु विधाको पुरुषतर्फ १ स्वर्ण गरि ५ स्वर्ण जितेको हो ।
पुर्वी नवलपरासीको कावासोतीमा रहेको योङ्गस्टार क्लबको कर्भडहलमा सन्चालनभएको महिला र पुरुषको फरक फरक ३ वटा विधामाप्रतियोगितामाप्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भागलिएकाथिए ।
फेसबुक प्रतिक्रिया