सोतोकान टोली भारत जाने
द वल्र्ड सोतोकान कराते डो महासंघ, भारतको आयोजनामा हुने दक्षिण एसियाली (डब्लुएसकेएफ) कराते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भारतको चेन्नइ प्रस्थान गर्दैछ ।
मे ४ र ५ तारिखमा हुने प्रतियोगिताको पुरुष ६५ केजीमा सुदिप पाण्डे तथा ७० केजीमा फणिन्द्रप्रसाद जंगमले प्रतिस्पर्धा गर्ने छन् । जजका रुपमा नेपाल सोतोकान कराते संघका अध्यक्ष समेत रहेका हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकका रुपमा मधु पौडेल पनि टोलीसंगै चेन्नइ जाँदैछन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
फेसबुक प्रतिक्रिया