स्केटिङमा खनालको निरन्तरता

नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघको चुनावी साधारण सभाले अच्यूत खनाललाई निरन्तरता दिदै १३ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।


नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सिमान्त उदास, जागृत पहाडी र अमिरकुमार श्रेष्ठ, महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाईं, सह–सचिवमा डिक्रकुमार घिमिरे तथा कोषध्यक्षमा रत्नकुमारी राई रहेका  छन् ।
राजकुमार घिमिरे, सिजम सिजाली, सन्दिप नेपाली, दिपेश आचार्य र माइकल बस्नेत सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत मिनकुमार शर्माले प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसअघि कुपण्डोलमा भएको साधारण सभाको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373