Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

स्क्वासः महिलातर्फको सेमिफाइनल बुधबार

नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा जारी प्रतियोगितामा महिलातर्फको सेमिफाइनलमा गण्डकीकी कृष्णा थापामगर, बागमतीकी विपना ब्लोन, स्वस्तानी श्रेष्ठ र भावना सुनुवार प्रवेश गरेकी छिन् ।
समुह ‘क’ बाट लिग विजेता बनेकी गण्डकीकी कृष्णा थापामगर र उपविजेता बनेकी बागमतीकी भावना सुनुवार अन्तिम चारमा प्रवेश गरिन् ।
यसैगरि समुह ‘ख’ बाट बागमतीकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्तानी श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।
अब गण्डकीकी कृष्णा थापामगरले बागमतीकी स्वस्तानी श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछिन् । भने बागमतीकी विपना ब्लोन सोही प्रदेशकै भावना सुनुवारसँग भिड्नेछन् ।
क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीका अनुसार सेमिफाइनल खेल भोलि (बुधबार) सम्पन्न हुनेछ ।
यसैगरि पुरुषतर्फका टिम इभेन्ट अन्तरगत अन्तिम चारमा गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सशत्र प्रहरी बल प्रवेश गरेका छन् ।
यसअघि पुरुषतर्फको व्यक्तिगत विधामा (ओपन इभेन्ट) गण्डकीका अमृत थापामगरले स्वर्ण जितिसकेका छन् । भने बागमतीका अरहन्त सिम्हले रजत पदक, सोही प्रदेशकै अमिर ब्लोनले र गण्डकीका दिपक थापाले कास्य पदक प्राप्त गरेका थिए ।
उक्त प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464