स्क्वासको नेतृत्वमा गुरुङ
नेपाल स्क्वास एन्ड ¥याकेट्स संघको अध्यक्षमा धु्रबबहादुर गुरुङ चयन भएका छन् । संघको १४ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले आगामी चार वर्षका लागि गुरुङलाई अध्यक्षमा चयन ग¥यो । अध्यक्ष पदका लागि भएको मतदानमा गुरुङले मनोजबहादुर श्रेष्ठलाई हराए ।
अन्य सबै पद निर्विरोध रहे । उपाध्यक्षमा प्रेम सिंह, सुदीपबहादुर सिंह, दिलिप नरसिंह अधिकारी, जगतसुन्दर सैंजु र रुपकदास ताम्राकार चयन भए । महासचिवको जिम्मेवारी लोकेन्द्रमान सिं भण्डारीले पाए । शैलेस अमात्य कोषाध्यक्ष र महेन्द्र महर्जन सचिवमा निर्विरोध चुनिए । सदस्यमा राजेन्द्र शाक्य, लालबहादुर गुरुङ, अनिल वज्राचार्य, विदुर धमला, रत्न महर्जन, राकेशकुमार गुप्ता, गिन्दिरा श्रेष्ठ र भावना सुनुवार रहेका छन् ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबचि उद्घाटन गरे । सदस्य–सचिव घिसिङले आगामी एसियाडमा राम्रो तयारी गर्न अनुरोध गर्दैै स्क्वासको प्रशिक्षणका लागि विदेशी प्रशिक्षकको पहल गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
सो समारोहमा होङजोउ एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने स्क्वासका छ खेलाडी अरहान्त केशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन, वृmष्णा थापा, विपना ब्लोन र स्वस्थानी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
यसैगरी, पछिल्ला दुई कार्यकालको नेतृत्व गरेका किशोर महर्जनले स्क्वासलाई व्यवसायिक बनाउने प्रयास गरेको बताए । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्क्वास संघको प्रगतिको कामना गर्दे एसियाडमा स्क्वासको सफलताका लागि शुभकामना दिए ।
फेसबुक प्रतिक्रिया