स्क्वास: अमृतलाई पुरुष एकलमा स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न स्क्वासको पुरुष एकलमा गण्डकीका अमृत थापा मगरले स्वर्ण जितेका छन् ।

पोखरा स्क्वास कोर्टमा भएको खेलमा थापामगरले बाग्मती प्रदेशका अरहान्त केशर सिंहलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो। यो जितसंगै थापामगर लगातार तीन संस्करणमा स्वर्ण जित्ने खेलाडी बनेका छन्।

थापामगरले १२-१०, ८-११, १२-१०, ९-११ र ११-८ सिंहलाई पछि पारेका हुन्।

सो स्पर्धामा बाग्मतीका अमिर ब्लोन र गण्डकीका दीपक थापाले कास्य प्राप्त गरे।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309