स्पोर्टस् आईकन हुने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा रेक्स फेशन होमले स्पोर्ट्स आइकन नेपाल २०१६ को आयोजना गर्नेभएको छ ।
नेपालका राष्ट्रिय खेलाडीहरुर्ला अन्य क्षेत्र जस्तै बौद्धिक, धार्मिक, सांस्वृmतिक र सामाजित क्षेत्रमा पनि समावेश गराएर राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चमा थप र छुट्टै पहिचान दिलाउन आयोजित गरिने स्पोर्ट्स आइकनको छनोट भदौ २१ गते हुनेछ । त्यसपछि छनोट भएका ३० खेलाडीहरुलाई असोज १५ गते अन्तिम प्रतिस्पर्धामा उतारिनेछ ।
असोज १५ गते हुने कार्यक्रममा स्पोर्ट्स आइकन पुरुष र स्पोर्ट्स आइकन महिला घोषित गरिनेछ । यसबाहेक फोटोजेनिक, पर्सनालिटी, अनुशासित स्पोर्ट्स आइकनको पनि चयन गरिनेछ । आयोजकले एसएमएस मतको आधारमा लोकप्रिय स्पोर्ट्स आइकनको चुनाव गरिने पनि बताएको छ ।
फेसबुक प्रतिक्रिया