स्पोर्ट्स न्युट्रिसन सेमिनार

काठमाडौं, मंसिर २ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को आयोजनामा स्पोर्ट्स न्युट्रिसन सेमिनार बिहीबार सम्पन्न भएको छ ।
सेमिनारमा विभिन्न खेलका प्रमुख प्रशिक्षक तथा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न खेलका प्रशिक्षक गरी ५२ जना सहभागी थिए ।
सहभागीलाई पोषण विद् केपी लम्सालले प्रशिक्षकले विशेष गरी खेलाडीको खानपानमा ध्यान दिनु पर्ने विषयमा जानकारी गराएका थिए । एकदिने सेमिनार सकिएपछि राखेप सदस्य–सचिव केशवकुमार विष्टले लम्साललाई धन्यवादज्ञापन गर्नुका साथै मायाको चिनो प्रदान गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373