स्यान्टुले पेरिस ओलम्पिक खेल्ने
बुधबार दक्षिण एशियन क्षेत्रको छनोटको अन्तिम खेलमा संयोग कपालीलाई ४-३ को सेटमा पराजित गर्दै स्यान्टुले यस वर्ष हुने ओलम्पिकमा स्थान पक्का गरेका हुन्। उनी नेपालबाट ओलम्पिकमा छनोट भएर खेल्ने तेस्रो खेलाडी हुन्। लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्यान्टु ११-७, ८-११, ११-७, ११-६, ८-११, ८-११, ११-९ ले विजयी भएका हुन्। स्यान्टु टेबलटेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो नेपाली बनेका छन् ।
फेसबुक प्रतिक्रिया