स्वर्ण विजेताको नगर परिक्रमा
पचासौं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले शुक्रबार नगर परिक्रमा गराएको छ ।
महेश्वरसहितको टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेपछि विमानस्थलबाटै नगर परिक्रमा गराइएको थियो । विमानस्थलबाट सुरु भएको नगरपरिक्रमा माइतीघर, भद्रकाली, न्यु रोड, जमल, शहिद गेटहुँदै दशरथ रंगशालामा आएर टुंगिएको थियो ।
भुटानको थिम्पुमा सेप्टेम्बर २ देखि ८ तारिखसम्म भएको च्याम्पियनसिपको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए । १० राष्ट्र सहभागी उनको तौलसमूहमा भारत दोश्रो र अफ्गानिस्तान तेश्रो भएका थिए ।
फेसबुक प्रतिक्रिया