Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

स्वीमिङ पुलको उद्घाटनमा शिरीष सम्मानित

काठमाण्डौ महानगरपालिका वडा नं ४ धुम्बाराही, हाडीगाउ“स्थित धन्यन्तरी फुटसल प्रा.लि.ले सञ्चालनमा ल्याएको स्वीमिङ पुलको पौडीका अन्तर्राष्ट्रिय खेलाडी शिरीष गुरुङले शनिबार उद्घाटन गरेका छन् ।
फ्रेन्च प्रविधिद्वारा निर्मित अत्याधुनिक स्वीमिङ पुलको उद्घाटनको अवसरमा गुरुङलाई सम्मान पनि गरियो । उनलाई ११ हजार १ सय ११ रुपैया“सहित मायाको चिनो धन्यन्तरी फुटसल प्रालिका अध्यक्ष मदन कोरालाले प्रदान गरे । रियो ओलम्पिकमा सहभागि हुन आइतबार शिरीष गुरुङ ब्राजिल प्रस्थान गर्दैछन् ।
‘राष्ट्रिय प्रतियोगितामा निरन्तर कीर्तिमानसहितको उत्कृष्ट प्रदर्शन र अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि स्तरीय खेलको लागि उहा“लाई सम्मान गरिएको हो,’ अध्यक्ष कोइरालाले भने, हाम्रो सम्मानले अझ राम्रो प्रदर्शन गर्न हौसला मिल्छ भन्ने विश्वास छ । ओलम्पिकमा राम्रो गर्न शुभकमना दिन चाहन्छु ।’
चार बाषर््यता नेपालको सर्बोत्कृष्ट स्वीमरको रुपमा स्थापित गुरुङले भने, ‘यस सम्मानले धेरै खुशी लागेको छ । यसले अझ राम्रो गर्ने हौसला बढाएको छ ।’ उनले थपे, ‘मैले पनि २५ मिटरको स्वीमिङ पुलबाट १३ बर्षअघि पौडन सुरु गरेको थिए । यस्ता क्लब र स्वीमिङ पुल अझै बढ्नुपर्छ । पौडीको विकास हुने र खेलाडी उत्पादन हुने यसैगरी हो ।’
‘पौडी स्वास्थ्यको लागि, खेलाडि राष्ट्रको लागि’ भन्ने मूल नारासहित फुटसल र साउना स्टिमपछि धान्यन्तरीले स्वीमिङ पुल सञ्चालनमा ल्याएको हो । कुल १२ रोपनी क्षेत्रफलमा संचालित यसमा फ्रान्सको प्रख्यात कम्पनी ःबनष्ष्लिभ को अत्याधुनिक प्रविधिद्घारा निर्मित् टायलको सट्टा रबरको ीष्लभच प्रयोग गरिएको नेपालमै पहिलो स्वीमिङ पुल बनाइएको छ । रातको समयमा पनि पौडी खेल्न मिल्ने व्यवस्था गरिएकोले दुर्घटनाको संभावना न्युन हुन्छ ।
घामबाट बच्न सेमि–इन्डोरको रुपमा निर्मित यसमा इन्टरनल फिल्टर प्लान्टबाट पानीमा रहेका फोहरहरु अटोमेटिक फिल्टरको व्यवस्था गरिएको छ, जसले ध्ज्इ स्ट्याण्डर्ड अनुसार पानी सफा राख्नेछ । पुल १५ गुणा २५ रहेको छ, जसमा उमेर समूहको प्रतियोगिता आयोजना गर्न सकिन्छ । बालबालिकाहरुका लागि बेग्लै ‘बेबी पुल’ बनाइएको छ । स्वीमिङ पुल निर्माणमा दुई करोड ५० लाख रुपैया“ लगानी भएको अध्यक्ष कोइरालाले बताए ।
‘प्रमुख उद्देश्य स्वस्थ जनशक्ति तयार पार्दै फुटबल तथा पौडी खेलको विकास गर्ने हो,’ अध्यक्ष कोइरालाले भने, ‘स्वस्थ र स्वच्छ समाजको निर्माणका लागि खेलकुद एउटा शसक्त माध्यम हो । भविष्यमा इन्डोर क्रिकेट, जीम हल, एरोबिक, जुम्बा, इन्डोर ब्याडमिन्टन, बास्केटबल पनि सञ्चालनमा ल्याउने योजना छ ।’

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464