हक्कीमा पुनः श्रेष्ठ
नेपाल हक्की संघको साधारणसभाले उमेशलाल श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ ।
अनिलप्रसाद शर्मा र मनीष झाले उपाध्यक्ष, सुनीलप्रसाद प्रधानले महासचिव, रञ्जन थापाले सचिव तथा अमरिष प्रधानले कोषाध्यक्षको जिम्मेवारी पाए ।
दीपक प्रधान, विजयबहादुर स्वार, नवीन रिजाल, रामेश्वरप्रसाद घिमिरे, भगवतीकुमारी खड्का, विजयन्त शर्मा, शम्भुप्रसाद रिजाल, बाबुराम साहु, पदम चन्द, सञ्जयकुमार मण्डल तथा मनोजकुमार शर्मा सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं एनओसी महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे । साधारणसभामा विभिन्न १८ जिल्लाबाट २ का दरले ३६ तथा केन्द्रीय कार्यसमितिका २३ गरी ५९ प्रतिनिधि सहभागी थिए ।
साधारणसभापछि बिहीबारै बसेको बैठकले राजेन्द्र श्रेष्ठ, हिमाल खड्का र प्रकाश सिवाकोटीलाई उपाध्यक्ष तथा अशिम शर्मा र राजेन्द्र पाठकलाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको सचिव थापाले जनाएका छन् ।
फेसबुक प्रतिक्रिया