Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

हक्की खेलाडी छनोट

पाँचौं एसियाली विद्यालयस्तरीय हक्की प्रतियोगिताका लागि नेपाल हक्की संघले १८ पुरुष खेलाडी छनोट गरेको छ । मध्यपश्चिमाञ्चल बाहेक ४ क्षेत्रका ४० खेलाडी सहभागी छनोट प्रतिस्पर्धाबाट अन्तिम १८ पुरुष खेलाडीको छनोट गरिएको हक्की मुख्य प्रशिक्षक अश्विनी अधिकारीले जनाएका छन् । छनोट प्रतिस्पर्धा हेटौंडामा भएको थियो ।
कञ्चनपुरबाट सर्वाधिक ६ खेलाडी छनोट हुन सफल भए । झापाबाट ४ खेलाडी छनोट भए । त्यस्तै कास्की, पर्सा, धनुषा र मकवानपुरबाट समान २–२ खेलाडी टोलीमा अटाए ।
कञ्चनपुरबाट राजेश विष्ट, गणेश टमाटा, भीमदत्त भट्ट, दीपकराज जोशी, महेन्द्र कार्की र राजेन्द्र कार्की रहेका छन् । सन्तोष मुर्मी, अशोक पौडेल, मनोज चौधरी र चिरण प्रधान झापाबाट छनोट हुन सफल भए । कास्कीबाट राजन नेपाल र प्रेम विक, पर्साबाट अर्जुन खड्का र अभिषेक पुरी, धनुषाबाट प्रवेश आलाम र यशराज शर्मा तथा मकवानपुरबाट सन्तलाल न्यासुर र निश्चल थापा छन् ।
भारतको भोपालमा अप्रिल ४ देखि १० तारिखसम्म हुने लिग कम नकआउट प्रतियोगितामा ८ राष्ट्रको सहभागिता रहने मुख्य प्रशिक्षक अधिकारीले बताए । नेपाल रहेको समूह ‘बी’ मा सिंगापुर, थाइल्यान्ड र भारत छन् । समूह ‘ए’ मा मलेसिया, श्रीलंका, चीन र युएई छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् ।
प्रमुख प्रशिक्षकमा अधिकारी, सहायक प्रशिक्षकमा रविन्द्र सिंह र टिम व्यवस्थापकमा ज्ञानेन्द्र खड्का तोकिएका छन् । खेलाडीलाई बन्द प्रशिक्षणका लागि हेटौडामै राखिएको छ । यु–१८ उमेर समूहको प्रतियोगितामा सहभागी चैत १९ गते टोली भोपाल प्रस्थान गर्ने कार्यक्रम छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464