हक्की : मधेश प्रदेशको जित

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीको सोमबार (आज) भएको खेलमा मधेश प्रदेशले २–० गोलको नतिजामा बागमतीलाई प्रदेशलाई हराएको छ ।
सरिताले २७ औं मिनेटमा गोल गर्दै मधेशलाई अग्रता दिलाएकी थिइन् । खेलको तेस्रो क्वार्टरमा रोनी राइले मधेशका लागि पुनः एक गोल गरिन् ।
योसँगै लिगको पहिलो चरण सकिएको छ । समूह चरणबाट आर्मी, प्रदेश १, सुदूरपश्चिम र गण्डकी सेमिफाइनलमा पुगेका छन् । भोलि हुने पहिलो सेमिफाइनलमा खेल आर्मी र प्रदेश १ भिड्नेछन् ।
यस्तै सेमिफाइनलको दोस्रो खेलमा गण्डकी र सुदूरपश्चिम भिड्दै छन् । भोलि हुने खेलका विजेताले पर्सी उपाधिका लागि मैदानमा उत्रिने छन् । प्रतियोगितामा सात टिमको सहभागी छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309