हप्ता दिनका लागि सम्पूर्ण खेल गतिबिधी बन्द गर्ने निर्णय

कोरोना भाईरस ( कोभिड – १९ ) बिश्वका अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था श्रृजना भएको र बिश्वका ठुला राज्यले पनि यसका लागि विभिन्न सचेतना अपनाईरहेको अवस्थालाई नियाल्दै राष्ट्रिय खेलकुद परिषद्ले पनि उक्त जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुद संग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानविय भेला हुने सम्पूर्ण गतिबिधी तत्काललाई एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिबिधी बन्द गर्ने र त्यस पश्चात परिस्थिती हेरेर निर्णय गरिने निर्णय गरेको हो । यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेल संग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309