हिमाल र मनीषलाई स्वर्ण
मनकामनाकाद्वय हिमाल गुरुङ र मनीष मगरले प्रथम सितोरियो सोबुकान खुला राष्ट्रव्यापी कराते प्रतियोगितामा स्वर्ण जितेका छन् ।
पुरुष ४० केजीमा हिमालले स्नो एपेक्सका आशिक यादव तथा ४५ केजीमा मनीषले पुजन लामालाई फाइनलमा पराजित गरे ।
पुरुष २५ केजीमा गोजुरियोका रविन तामाङ, ३० केजीमा मनकामनाका शुलभ श्रेष्ठ, ३५ केजीमा मनकामनाका उदित श्रेष्ठ, ५० केजीमा भक्तपुरका युनिश लामा तथा ५५ केजीमा सोबुकानका रोशन बलामी पहिलो भए ।
महिलाको २५ केजीमा मनकामनाकी सुस्मिता श्रेष्ठ, ३० केजीमा गोजुरियोकी सरिता परियार, ३५ केजीमा साइनिङकी सिर्जना तामाङ, ४० केजीमा भक्तपुरकी सजिना तामाङ, ४५ केजीमा क्याम्पियनकी इरी तुलाधर तथा ५० केजीमा मनकामनाकी रुपा गिरीले स्वर्ण जिते । एकल काताको महिलामा स्विटी गेलेल तथा पुरुषमा मनकामनाका उदित पहिलो स्थानमा रहे ।
फेसबुक प्रतिक्रिया