हिरोज तेक्वान्दो पदक विजेता सम्मानित

काठमाडौं, मंसिर १ गते ।
दोश्रो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडीलाई नेपाल तेक्वान्दो एकेडेमी (एनटीए) ले बुधबार नगदसहित सम्मान गरेको छ ।
थाइल्यान्डको बैंककमा अक्टोबर २२ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न स्पर्धामा ४ स्वर्ण र उत्तिनै रजत जितेको थियो ।
विवेक श्रेष्ठ र पुष्पप्रसाद गौतमले समान १ स्वर्ण र १ रजत तथा चन्दु शाही र प्रतिज्ञा भण्डारीले समान १–१ स्वर्ण जितेका थिए । त्यस्तै तिलक लामा र अशोक खड्काले १–१ रजत जिते । अशोकले प्रतियोगितामा टिम प्रशिक्षक तथा व्यवस्थापकको भूमिका पनि निर्वाह गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य उपेन्द्र पौडेलले खेलाडीलाई सम्मान पत्र र जनही नगद १० हजार रुपैयाँ प्रदान गरे । नगद पुरस्कार युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङ र मकाउमा रहेका तेक्वान्दो प्रशिक्षक कृष्णशरण कार्कीले प्रायोजन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले एनटीएका अध्यक्ष समेत रहेका अशोकलाई स्वयंसेवक प्रशिक्षकको नियुक्ति दिने प्रतिबद्धता व्यक्त गरे ।
‘अशोकले तेक्वान्दोको विकासका लागि एकल प्रयासमा धेरै गर्नु भएको छ । चोटका कारण उहाँले आफूले चाहे जस्तो खेलाडी जीवनलाई अगाडि बढाउन सक्नु भएन । तेक्वान्दो प्रतिको समर्पण र लगाउको कदर गर्दै परिषद्ले उहाँलाई तेक्वान्दो स्वयंसेवक प्रशिक्षकको नियुक्ति दिने घोषणा गर्दछु ।’– सदस्य–सचिव विष्टले भने ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420