हृदयविदारक घटना प्रति राखेपद्वारा प्रेश बिज्ञप्ती जारी

नवौं राष्ट्रिय खेलकुद– २०७९ अन्तर्गत राष्ट्रिय पाराग्लाइडिङ प्रतियोगितामा आज २०७९ साल असोज ३० गते प्रतिस्पर्धा गर्ने क्रममा नेपाली सेनाका खेलाडी निसिम थापाको दुखद निधनको खबरले राष्ट्रिय खेलकुद परिषद् मर्माहत र स्तब्ध भएको छ ।
प्रेश बिज्ञप्ती जारी गर्दै राखेपले यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक सम्वेदना व्यक्त गरेको छ ।
‘मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप राष्ट्रिय खेलकुद परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं । राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदमा सहभागी सम्पूर्ण खेलाडीलगायतको बिमा समेत गरेको यसै विज्ञप्तिबाट जानकारी गराउन चाहन्छौं’– युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र राखेपका सदस्य सचिव टंकलाल घिसिङद्वरा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373