Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

ह्याण्डबल ः सेमिफाईनल समिकरण पुरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा सेमिफाईनल समिकरण पुरा भएको छ । सेमिफाईनलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले सेमिफाईनलमा स्थान पक्का गरेका छन् ।
समूह ए बाट गण्डकी र नेपाली सेनाले अन्तिम ४ मा स्थान बनाएको हो । समूह ए मा गण्डकीले समूह विजेता बन्दै सेमिमा स्थान बनाएको हो । गण्डकी र सेनाको अंक समान भए पश्चात गोल अन्तरका आधारमा गण्डकी समूह विजेता बनेको हो । त्यस्तै, समूह बी बाट सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो । सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थानबनाएको हो ।
महिला तर्फ समूह ए बाट एपिएफ र गण्डकी प्रदेश समूह विजेता र उपबिजेता बन्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । अव सेमिफाईनलमा एफिएफले समूह बीको उपबिजेता प्रदेश १ को सामना गर्नेछ भने गण्डकी प्रदेशले समूह बीको बिजेता नेपाली सेनासंग प्रतिस्पर्धा गर्ने भएका छन् ।
बिहिबार पोखरा बहुउद्धेश्यि कभर्डहलमा भएको पुरुष ह्याण्डबल प्रतियोगितामा गण्डकी प्रदेश र नेपाली सेनाले बराबरी खेल्यो । गण्डकी र सेनाले २७–२७ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । गण्डकीका दिनेश श्रेष्ठ, प्रेमबहादुर गुरुङ्ग र बासु गुरुङ्ग तथा नेपाली सेनाका यामबहादुर पुन मगर र निर्मल बाबु श्रेष्ठ प्रत्येकले ६÷६ गोल गरे ।
पुरुषकै दोश्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ४१–१५ गोल अन्तरले पराजित गर्न सफल भयो । कर्णालीका लागि केशव बिष्टले सर्वाधिक १३ गोल गरे । पुरुषकै अर्को खेलमा सशस्त्र प्रहरी बलले सुदूरपश्चिम प्रदेशलाई ३५–१९ ले पराजित ग¥यो । एपिएफका सुरेश आले मगरले ११ गोल गरे ।
महिला तर्फको खेलमा कर्णाली प्रदेशले जित निकाल्यो । कर्णालीले बागमती प्रदेशलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । कर्णालीकी संगिता सिंहले ४ गोल गरिन् । यस्तै प्रदेश १ ले मधेस प्रदेशलाई १९–४ गोल अन्तरले पराजित ग¥यो । प्रदेश १ की प्रेक्षा कटुवालले ८ गोल गरिन् । महिलाकै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशविचको खेलमा गण्डकीले बाजी मा¥यो । गण्डकीले ३५–९ को गोल अन्तरले लुम्बिनीलाई पराजित गरेको हो । गण्डकीकी आकृती गुरुङ्गले ७ गोल गरिन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464