ह्यान्डबल : एपीएफ र गण्डकी भिड्ने

आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा एपीएफ र गण्डकी प्रदेश उपाधिका लागि भिड्ने भएका छन् ।नेपालगन्ज रंगशाला परिसरमा भएको सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली आर्मीलाई ३२–२६ ले पराजित ग¥यो ।

एपीएफका लाकेन्द्र चन्दले ९ गोल गरे । अर्को सेमिफाइनलमा गण्डकीले प्रदेश ३ लाई ४०–१८ को फराकिलो गोलअन्तरले हरायो । गण्डकीका दिनेश श्रेष्ठ तथा करण थापाले समान ७–७ गोल गरे । प्रदेश ३ का अमर श्रेष्ठले पनि ७ गोल गरे ।

नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालयको मैदानमा भएको प्रतियोगिताअन्तर्गन महिलाको उपाधि भिडन्त दुवै विभागीय टोली आर्मी र एपीएफबीच हुने भएको छ । आर्मीले प्रदेश १ लाई ३८–१७ ले पाखा लगायो । आर्मीकी कविता राईले ११ गोल गरिन् । एपीएफले गण्डकीलाई २२–४ ले पन्छायो । एपीएफकी देवी श्रेष्ठले ७ गोल गरिन् । पुरुष÷महिला दुवैको फाइनल मंगलबार नेपालगन्ज रंगशाला परिसरमा अपरान्ह ३ः०० बजेदेखि सुरु हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6031

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5373