Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

११ औं राष्ट्रपति रनिङ सिल्ड शुरु

गण्डकी प्रदेशका युकेश थापाले ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तेक्वान्दोमा आइतबार स्वर्ण जितेका छन् ।

पुरुष ४५ केजीमुनि फाइनलमा युकेशले गण्डकीका पन्नु लोधलाई पराजित गरे । प्रदेश १ का मनोज माझी तथा प्रदेश ५ का सुजवकुमार यादवले कांस्य जिते । महिला ४२ केजीमुनि क्षितिजा गुरुङ पहिलो भइन् । फाइनलमा क्षितिजाले प्रदेश ५ की मुस्कान पुनलाई हराइन् । प्रदेश १ की कुसुम लिम्बू तथा गण्डकीकी सोनिया माझी तेश्रो भए ।

एथलेटिक्समा दुई कीर्तिमान

   प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्रातर्फ दुई नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् । प्रदेश ५ की संगीता अधिकारीले सटपुटमा ११.६८ मिटर टाढा फाल्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचिन् । संगीताले ३२ वर्षअघि (२०४४ साल) सपना मल्लले बनाएको ११.२३ मिटरको कीर्तिमान भंग गरेकी हुन् । ४ सय मिटर दौडमा प्रदेश ५ कै अरुणा रिजालले निर्धारित दूरी १ मिनेट १.०३ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको १ मिनेट ३ सेकेन्डको कीर्तिमानमा सुधार गरिन् । कीर्तिमानधारी दुवैले समान १० हजार नगद पुरस्कार पाउने छन् ।

        छात्राको १ हजार ५ सय मिटर दौडमा प्रदेश ७ की सीमा चौधरी (५ मिनेट १९.५ सेकेन्ड), लङजम्पमा प्रदेश ५ की सीमा चौधरी (४.८६ मिटर), १ सय मिटर दौडमा प्रदेश १ की नेहा चौधरी (१३.१० सेकेन्ड) र ४ गुणा १ सय मिटर रिलेमा प्रदेश ५ पहिलो भए ।

        छात्रको सटपुटमा प्रदेश ५ का महेश चौधरी (११.७४ मिटर), लङजम्पमा प्रदेश ५ का सुदीप थारु (६.१० मिटर), ४ सय मिटर दौडमा सिमान्त पाण्डे (५१.४० सेकेन्ड), १ हजार ५ सय मिटर दौडमा प्रदेश ७ का केशर मास्के (४ मिनेट १८.८ सेकेन्ड) र ४ गुणा १ सय मिटर रिलेमा प्रदेश ५ पहिलो स्थानमा रहे । सिमान्तले १ सय मिटर दौडमा पनि स्वर्ण हात पारे । उनले निर्धारित दूरी ११.१७ सेकेन्डमा सकाए ।

भलिबल : सेमिफाइनल समीकरण पूरा

   भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । छात्रमा गण्डकीले प्रदेश १ तथा प्रदेश ४ ले प्रदेश ७ विरुद्ध खेल्ने छन् । त्यस्तै छात्राको सेमिफाइनल गण्डकी र प्रदेश ७ तथा प्रदेश ५ र प्रदेश १ बीच हुनेछ ।

        प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे । सो अवसरमा आयोजक राष्ट्रिय खेलकुद परिषद्    (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले आठौं राष्ट्रिय खेलकुदका कारण राष्ट्रपति रनिङ सिल्ड असारमा गर्नु परेको बताउदै अबदेखि राष्ट्रपति रनिङ सिल्ड अनुकुल समयमा आयोजना गरिने प्रतिबद्धता जनाए ।

        केन्द्रीयस्तरको यो प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डीमा प्रतिस्पर्धा भइरहेको छ । चार प्रदेश १, ४, ५ र ७ को सहभागिता रहेको प्रतियोगिताको एथलेटिक्समा ८८ खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । भलिबल र कबड्डीमा चारै प्रदेशबाट छात्र÷छात्राको टिम सहभागी छन् । करातेमा ४८ खेलाडीले ८ स्पर्धामा सहभागिता जनाएका छन् । तेक्वान्दो र उसुमा समान ४८ खेलाडीले समान ६ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

        एथलेटिक्स लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेप सेमी कभर्डहल, भलिबल त्रिपुरेश्वरस्थित राखेपको बहुउद्देश्य कभर्डहल, कराते र तेक्वान्दो सातदोबाटो तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भइरहेको छ ।

        व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाउने छन् । टिममा पहिलोदेखि तेश्रो हुने खेलाडीलाई क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगद पुरस्कार दिइने छ । जुनियर राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता मंगलबारसम्म चल्नेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464