५६औँ राष्ट्रिय कराते प्रतियोगिताका विजेता पुरस्कृत
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले ५६औँ राष्ट्रिय कराते प्रतियोगिताका विजेतालाई एक कार्यक्रमबीच पुरस्कृत गर्नु भएको छ । सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले करातेले देशको प्रतिष्ठाका लागि अगाडि बढेको र देशलाई चिनाएको बताउनु भयो । मिसन २०२६ मा स्वर्ण पदक जित्ने गरी तयारीका लागि एक ढिक्क भएर लाग्न आग्रह गर्दै परिषद्को सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रम जेष्ठ २१ गते देखी सातदोबाटो कराते हलमा संचालन भएको थियो।
फेसबुक प्रतिक्रिया