मोहनलाई सर्वाधिक अंक

अस्ट्रेलियामा रहेका जुडो खेलाडी मोहन बमले इन्टरनेसनल जुडो फेडेरेसन (आईजेएफ) एकेडेमी लेभल– १ मा समग्रमा सर्वाधिक ९४ प्रतिशत अंक प्राप्त गरेका छन् । तालिममा मोहनसहित अस्ट्रेलियाबाट १८ र न्युजिल्यान्डबाट १ गरी २० जना सहभागी थिए ।
सैद्धान्तिक पक्षमा ९७ प्रतिशत, टाची वाजामा ९० प्रतिशत तथा नेवाजामा ९० प्रतिशत अंक हासिल गरेको मोहनले जानकारी गराए ।
तालिम र परीक्षा आईजेएफका स्पोर्ट डाइरेक्टर फ्लोरिन डानियल लास्काउ, ओलम्पिक तथा विश्व जुडो च्याम्पियन मार्क हुइजिङ, सातौं डान पिरो कोमिनो, आईजेएफ एजुकेसन÷डेभलोप्मेन्ट÷एकेडेमी डाइरेक्टर इन्भिक गालिया तथा आईजेएफ एकेडेमी एडमिनिसट्रेसन डाइरेक्टर डा. तिबोर कोजस्लाले सञ्चालन गरेको बताइएको छ ।
उनले तालिमबाट धेरै कुरा सिक्ने अवसर पाएको र यो अवसर प्रदान गरेकोमा अस्ट्रेलियन जुडो महासंघलाई धन्यवाद दिए । उनले आफूले सिकेको कुरा सम्बद्ध अरुलाई बाँडन चाहेको बताए । तालिम ११ हप्तासम्म चलेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309