Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

नेपालका तेक्वान्दो खेलाडीको खेल स्तर विकासका लागि तेक्वान्दो नेपाल संघले अन्तर्राष्ट्रिय नेप्लीज तेक्वान्दो संघसँग सहकार्य गर्ने भएको छ । अमेरिकाको सिअटल शहरस्थीत दुई संघबिच भएको बैठकबाट नेपालमा तेक्वान्दो खेल विकासका लागि अन्तर्राष्ट्रिय नेप्लीज तेक्वान्दो संघले सहयोग गर्ने भएको छ । अमेरिकास्थित रहेको अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो संघले आफुहरुले नेपाली खेलाडीहरुको अन्र्तराष्टिय एक्सपोजर र तालिम लगायतमा पनि सहयोग गर्ने भएको छ ।
उक्त बैठकमा नेपाली तेक्वान्दो खेलाडीहरुको आगामी साग तथा अन्य अन्र्तराष्ट्रिय प्रतियोगिताहरुको सहभागितालाई कसरी प्रभावकारी बनाई देशलाई पदक दिलाउन सकिन्छ । र आगामी बर्ष सन् २०१७ सेप्टेम्बर २४ देखी २६ तारिखसम्म आयोजना हुने तेस्रो माऊण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितालाई सफलताकासाथ सम्पन्न गर्ने भन्नेबारे बृहत छलफल भएको थियो । उक्त बैठकमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा र महासचिव दीपराज गुरुङ र अन्तर्राष्ट्रिय नेप्लीज तेक्वान्दो संघका महासचिव तथा गैरआवसीय नेपाली संघ खेलकुद विभाग अध्यक्ष ओलम्पियन नारायण गुरुङको नेतृत्वमा नेपाली तेक्वान्दो खेलाडीको खेल स्तर विकासका लागि छलफल भएको थियो ।
सो अवसरमा एकमात्र एशियाली रजत पदकधारी सबिता राजभणडारी, एशियाली काँस्य पदक विजेता तथा साग स्वर्ण पदक विजेता किशोर श्रेष्ठ, साग स्वर्ण पदक विजेताद्धय निर्मल श्रेष्ठ र निरञ्जन श्रेष्ठ, संघका सहसचिव तथा अन्तराष्ट्रिय निर्णायक अच्युत बासँकोटा, सदस्य पासङ शेर्पालगायत पदाधिकारीको उपस्थित रहेको थियो । कार्यक्रममा खेल सामाग्री तथा विविध विषयमा अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ सहयोगका लागि प्रतिबद्ध रहेको नेपाल तेक्वान्दो संघले जनाएको छ । बैठकले संयुक्त रुपमा आगामी वर्ष नेपालमा आयोजना गरिने तेक्वान्दो अन्तराष्ट्रिय स्तरको सबैभन्दा ठुलो प्रतियोगिता तेस्रो माऊण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपलाई सफलताका साथ सम्पन्न गर्न दुवै पक्षले सहकार्य गर्ने भएका छन् ।
यसअघि आयोजना भएका प्रथम र दोस्रो सस्करण संयुक्त रुपमा आयोजना भएको थियो । अन्तर्राष्ट्रिय सघंले क्यानाडाको भेनकुभरमा विहिबारदेखि हुने विश्व जुनियर तेक्वान्दो प्रतियोगितामा सहभागी नेपाली टोलीलाई पनि सहयोग गर्ने भएको छ । उक्त संघमा रहेका अमेरिकामा बसोबास गर्ने नेपाली तेक्वान्दो खेलाडीले अन्य देशमा रहेका खेलाडीलाई समेत सहभागी गराई बृहत छाता संगठनको रूपमा विस्तार गरेको छ । सघंको अध्यक्षमा सन् १९८८का सिओल ओलम्पिकका कास्यँ पदक विजेता विधान लामा छन् । उनि हाल नेपालमै रहेका छन् ।
अमेरिकाबाटै तेक्वान्दो संघका अध्यक्ष राणा र महासचिव गुरुङ क्यानाडाको भेनकुभरमा आयोजना हुने विश्व तेक्वान्दो महासंघको २७औं महाधिवेशनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय तेक्वान्दो संघको विशेष निमन्त्रणामा सिअटल पुगेका नेपाल तेक्वान्दो सघंका अध्यक्ष राणा र महासचिव गुरुङलाई एक विशेष समारोहमा अमेरिकामा रहेका नेपाली तेक्वान्दो ओलम्पियन तथा साग पदकधारी खेलाडीहरुले स्वागत गरेका थिए । अमेरिकामा तेक्वान्दो खेलका एशियन गेम र दक्षिण एशियाली खेलका गरी करिब दुई दर्जन पदकधारी नेपाली खेलाडीहरु रहेका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464