बाँकेमा जारी पुरुष क्रिकेट प्रतियोगताको चौंथो दिन त्रिभुवन आर्मी क्लव र प्रदेश नं। २ ले रोमाञ्चक जित हासिल गरेका छन ।

बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर प्रदेश नं। १ ले फिल्डीङ रोजेको थियो । पहिलो पारीमा ब्याटिङको निम्ता पाएको त्रिभुवन आर्मी क्लवले २० ओभरको खेलमा ९५ रनको योगफल तयार पारेका थियो । टिमकालागि राजेश पुलामी मगरले ४१ बल खर्चिएर २७ रन जोडेका थिए भने कुशल मल्लले १४ रनको सामना गर्दै २६ रन बटुलेका थिए । राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको बाहुल्यता रहेपनि शनिबारको खेलमा उनिहरुको प्रदर्शन कमजोररह्यो ।

सोमपाल कामीले ११ रन जोड्दा राष्ट्रिय टिम बहुचर्चित बिनोद भण्डारी शुन्य रनमै पेवेलियन फर्किएका थिए ।आर्मीका अनुभवी खेलाडीहरुलाई सस्तैमा समेट्ने क्रममा प्रदेश नं। १ का बलर दिपेश कंडेलले २ विकेट लिएका थिए भने फ्रीदोष अन्सारी, पुष्प थापा र श्रवण यादवले १÷१ विकेट लिएका थिए । ९६ रनको झिनो लक्ष्य पछ्याएको १ नं। प्रदेश ६८ रनमै समेटियो । आक्रामक पारी खेलेपनि १ नं। प्रदेशका खेलाडीहरुले खासै रन बटुल्न सकेनन् ।

सुरुवाती दुबै ब्याट्सम्यान शुन्यमै पवेलियन फर्किएपछि १ नं। प्रदेश दवावमा आएको थियो । टिमकालागि दिपेश कंडेल, मुकुन्द यादव र फ्रिदोष अन्सारीले समान ११÷११ रन बटुलेका थिए भने सुकम पुनले १० रन जोडेका थिए । त्यसबाहेकका खेलाडीहरु सस्तैमा समेटिएपछि त्रिभुवन आर्मी क्लवले २७रनअन्तरले जित निकालेको हो । आर्मीका बलर सुशान भारीले ५, सहाव आलमले ३ र सोमपाल कामीले १ विकेट लिएका थिए ।प्रतियोगिताको प्लेयर अफ द म्याच ५ विकेट लिने प्रदेश नं। १ का सुशान भारी घोषित भए ।यसैबिच शनिबार नै सम्पन्न दोस्रो  खेलमा प्रदेस नं। २ बिजयी भएको छ ।

टस जितेर सुरुमा ब्याटिङ गरेको प्रदेस नं। २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र ८६ रन बनाएको थियो । उसका लागि हरि शन्कर साह १४, सम्सद सेख १२, राहुल प्रताप सिंह १४ र बिबेक यादबmे १० रन बनाएका थिए । प्रदेस नं। ३ का लागि संघर्ष पौडेल र सोनु तामाङ्गले समान २÷२ विकेट लिएका थिए भने नन्दन यादब, अशिम श्रेष्ठ र सोनु देबकोटाले समान १÷१ विकेट लिएका थिए । झिनो लक्ष पछ्याएको प्रदेस नं। ३ ले सोनु तामाङ्ग १२, जितेन्द्र सिंहठकुरी १२ र हेम राज पौडेलले  १४ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा २० ओभरमा अल आउट हुँदै ६५ रनमा समेटिएपछी २१ रनले पराजित रह्यो ।

प्रदेस नं। २ का लागि कुमार थापा र राहुल प्रताप सिंहले समान ३÷३ विकेट, सैफुल्लाह अन्सारी र सम्साद सेखले समान २÷२ विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6078

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5420