सदस्य–सचिव घिसिङले कार्यभार सम्हाल्नु भयो

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार कार्यभार सम्हाल्नु भएको छ । मन्त्री परिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त हुन भएको थिए ।

राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारी मुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रित दायर गर्नु भएको थियो । वहाँको रिट उपर मंसिर ३० गते न्यायधीश हरि फुयाँलको एकल इजलासले सदस्य–सचिव नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी भएपछि सदस्य–सचिव घिसिङ राखेपमा अनुपस्थित हुनु भएको थियो । मन्त्री परिषद्को कात्तिक १ गतेको निर्णयले सदस्य–सचिव सिलवाललाई जिम्मेवारी मुक्त गरेको थियो ।

चैत २२ गते सर्वोच्चका न्यायधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेपछि सदस्य–सचिव घिसिङलाई काममा फर्कन बाटो खुलेको हो । ३ महिना ३ हप्तापछि सदस्य–सचिव घिसिङ काममा फर्केका भएको छ ।

कार्यभार सम्हालेपछि पत्रकारको जिज्ञासामा सदस्य–सचिव घिसिङले भन्नुभयो – ‘नेपाल खेलकुदका लागि यो अवधि सकसपूर्ण र पीडादायी भो । यसले खेलकुद क्षेत्रमा अपूर्णिय क्षति पुगेको छ । यो बिचमा नेपाली खेलकुद जति तीव्र रुपले अगाडि बढ्नु पर्ने हो त्यसमा अवरोध भएको छ । अब त्यो अवरोधलाई चिर्दै खेलकुदलाई चलायमान बनाउन अगाडि बढ्ने छु ।’

त्यसअघि राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिवको जिम्मेवारीबाट मुक्त हुनु भएका बिभागिय प्रमुख कुलबहादुर थापा, प्रशासन विभागका प्रमुख मधुसुदन बस्तेत,तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बिक,खेलकुद विकास विभाग प्रमुख बज्र केसी, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतले सदस्य–सचिव घिसिङको स्वागत गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309