Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

खेलकुदसँग प्रधानमन्त्री

पत्रकार मित्रहरु
राष्ट्रिय खेलकुद परिषद्ले २०७७ माघ २० गते “खेलकुदसँग प्रधानमन्त्री” अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू स्वयंम खेलाडी, प्रशिक्षक र खेलकर्मीमाझ उपस्थित भएर खेलकुदका बारेमा जानकारी लिने र निर्देशन दिने कार्यक्रमले हामीलाई थप उत्साहित बनाएको छ । नेपाली खेलकुदको बारेमा नेपाल सरकारले देखाएको चासो र अभिरुची प्रति हामी आभारी छौं । काठमाण्डौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अपरान्ह १ बजे हुने कार्यक्रममा नेपाली खेलकुदको विकास–विस्तार र समसमायिक बिषयका बारेमा सम्माननीय प्रधान मन्त्रीज्यूबाट सम्वोधन हुने कार्यक्रम रहेको छ । “खेलकुदसँग प्रधानमन्त्री” कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी, प्रशिक्षक, संघ–संस्था, कर्मचारीलगायत खेलकर्मीको उपस्थितिमा युवा तथा खेलकुद मन्त्री माननीय दावा तामाङ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदका बारेमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष जानकारी गराउने कार्यक्रम रहेको छ ।
पत्रकार मित्रहरु कोरनाका कारण प्रभावित भएको नेपाली खेलकुदलाई सामान्य अवस्थामा फर्काउन हामीले खेलकुद अभिमुखिकरण अन्तरक्रिया कार्यक्रमद्धारा मेची महाकाली जोड्ने प्रयास गरेका छौं । जसअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा खेलकुद अभिमूखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । ओलम्पियन, अन्तराष्ट्रिय पदक बिजेता खेलाडी, प्रशिक्षक र सम्बन्धित जिल्लाका कार्यालय प्रमुखको सहभागिता रहने गरि तेश्रो चरणको बागमती प्रदेश स्तरिय खेलकुद अभिमुखिकरण अन्तरक्रिया कार्यक्रम माघ २१ र २२ गते भक्तपुरको बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा संचालन हुदैछ । अन्तरक्रिया कार्यक्रममा सम्बन्धित बिषयका बिज्ञद्धारा खेल व्यवस्थापन, प्रशासनिक सहजीकरण र संयोजन, तालिम तथा प्रशिक्षण विभाग सहजीकरण र संयोजन, प्रशिक्षक प्रशिक्षण, स्पोर्ट्स मेडिसिन र डोपिङ, मोटिभेसन, खेल समाजशास्त्र तथा लैंगिक हिंसा र खेल मनोविज्ञानलगायत अन्य विषयमा प्रशिक्षण दिईने छ । प्रशिक्षणकै दौरान ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीसंग अन्तरक्रिया कार्यक्रम पनि हुने छ ।
अन्त्यमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने दुवै कार्यक्रममा पत्रकार मित्रहरुबाट उपस्थिति जनाइ व्यापक प्रचार प्रसार गरिदिनु हुन हार्दिक निमन्त्रण गर्दछौं । खेलकुदको विकास र विस्तारमा प्रचार प्रसारको माध्यमबाट यहाँहरुले पु¥याउनु भएको सहयोग प्रति हामी सदाझै आभारी रहनेछौं । धन्यवाद ।
राष्ट्रिय खेलकुद परिषद्
त्रिपुरेश्वर, काठमाडौं
२०७७ साल माघ १८ गते ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Deprecated: कार्य the_block_template_skip_link is बहिष्कृत संस्करण देखि 6.4.0!सट्टा wp_enqueue_block_template_skip_link() प्रयोग गर्नुहोस् . in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 6114

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5464