राष्ट्रिय खेलकुद परिषदको बैठक

प्रेस विज्ञप्ती

पत्रकार बन्धुहरु
राष्ट्रिय खेलकुद परिषदको ११३ औ बैठक माननीय युवा तथा खेलकुद मन्त्रीज्यूको अध्यक्षतामा आज मिति २०७९/०४/१५ गते बस्यो ।

  • बैठकमा परिषद्को आ.व. २०७९/०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरियो ।
  • नवौं राष्ट्रिय खेलकुद २०७९ को सम्वन्धमा ।
  • खेलाडी तथा अफीसियललाई दैनिक रु २००० भत्ता दिने ।
  • प्रदेश छनौटका लागि आवश्यक बजेट उपलव्ध गराउने ।
  • सम्वन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्वन्धित टीममा सहभागि हुनु पर्ने ।
  • प्रदेश तथा विभागिय टीमहरुले भदौ १५ गते सम्म खेलाडीको संख्या र २५ गते सम्म नाम दर्ता गराई सक्नु पर्ने ।
  • प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरियो ।
  • ३६ खेलमा प्रतिष्पर्दा हुने छ भने २ वटा खेलको प्रर्दशनी हुने छ ।
  •  खेलईभेन्टस् ४०७ ।
  •  टीम ११ वटा हुने छन् ।
  •  प्रतियोगिताको एकल प्रतिष्पर्दामा स्वर्णपदक विजेत खेलाडीलाई नगद रु २५ हजार,टीम ईभेन्टमा स्वर्ण विजेतालार्ई रु १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई रु ५० हजार उपलव्ध गराउने ।
  •  प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीज्यूबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागिय टोलीको मुख्यालयमा प्रर्दशन गरिने ।
  •  परिषदको कर्मचारी सेवा,शर्त सम्वन्धी विनियम तयार गर्न परिषद सदस्य प्रकाश कुसारीको संयोजकत्मा समिति गठन ।
  •  परिषदको भौतिक संरचना तथा सम्पती यकिन तथा प्रदेशमा हस्तान्तरण सम्वन्धी परिषद सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति ।
  •  खेल संघ विवाद सहजिकरणमा उपाध्यक्ष शिव कोईरालाको संयोजकत्वमा समिति गठन ।
  •  परिषद अन्तर्गत कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नभए सम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाईने ।
  •  २०२३ मा हुने चौधौं साग, २०२३ मा हुने १९ औ एशियाली खेलकुद,२०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शितकालिन ओलम्पिक र २०२६ को डकार युथ ओलम्पिक गेम्सका तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने ।
  •  ओ एन्ड एम सर्भे समिति गठन ।
  •  खेलाडी छात्रवास निर्माण ।
  •  मूलपानीमा एनएससी फिट्नेस सेन्टरको स्थापना गर्ने ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nscgov/public_html/old-nsc-gov-np/wp-includes/functions.php on line 5309