Ninth National Game
नवांै राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९
५० दिन बाँकी
पत्रकार मित्रहरु
नेपाली खेलकुदको गौरव पूर्ण आयोजनाका रुपमा सन्चालन हुदै आएका वृहत्त खेलकुद अन्तर्गत ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ उद्घाटन हुन ५० दिन बाँकी छ । प्रतियोगिता सफल बनाउन परिषदले विभिन्न उपसमिति मार्फत तयारी गरि रहेको अवस्थामा हाल सम्म निम्न कार्यहरु भएका छन् । बाकी तयारीका लागि परिषदले तिव्ररुपमा काम गरि रहेको छ ।
सम्पन्न कार्यहरु
* ३६ वटा खेलका खेलाडी कोटा र खेल ईभेन्ट्स स्वीकृत
* खेलाडी संख्या प्रत्येक टिमबाटः महिला ३३५, पुरुष ३७४ जना, जम्मा खेलाडी संख्या ७०९
* टिम ११ वटा ः सबै टिमबाट जम्मा ७७९९ जना, (महिला ३६८५ र पुरुष ४११४)
* पदक संख्या स्वर्र्ण ३९३,रजतः ३९३ र कास्य ६००
* ६० (साठी) करोडको बजेट सुनिश्चित, पहिलो किस्ता वापत १० करोड निकासा ।
* लोगो, मस्कट, नारा छनौट भई स्विकृत भएको ।
* नवौं राष्ट्रिय खेलकुदको आयोजना तथा सञ्चालन सम्बन्धमा नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका संयोजक, गण्डकी प्रदेशका मुख्य मन्त्री, पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेश प्रहरी प्रमुख डि.आई.जी. सहितको वृहत बैठक सम्पन्न ,
य बैठकमा प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदबाट गरिएको अपेक्षाकृत सूचीमा सकारात्मक छलफल भई कार्यन्वयका लागि प्रतिवद्धता व्यक्त भयो । साथै नवौं राष्ट्रिय खेलकुद–२०७९ लाई भव्यरुपमा सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर भएको ।
* कार्यकारी समितिको सचिवालय स्थापना, काठमाण्डौ र पोखरामा
* १३ वटा विषयगत उपसमितिका संयोजक र सचिवको मनोनयन भईसकेको । उपसमितिको बार्यविधि र बजेट कार्यकारी समितिमा पेश भई सकेको ।
* विषयगत उपसमितिको त्।इ।च् स्वीकृत
* उपसमितिहरुको कार्यविधि तथा कार्यतालिका बनाई काम प्रारंभ गरिएको
* खेल सामाग्री लगायत खरिदका लागि लागत अनुमान कमिटि गठन भई कार्य सूरु भएको छ ।
* प्रचार प्रसारको काम सुरु भएको,
* राष्ट्रिय खेलकुद परिषदको एप तथा धभद मार्फत नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार तथा सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने गरि काम अघि बढेको
प्रक्रियामा रहेका
* खेलतालिका निर्माण हुदै
* खेल सामाग्री, खेल पोशाक, किड्स ब्याग खरिदका लागि अनलाईन टेण्डर सूचना गरिसकिएको
* राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको नमूना संकलन कार्य भई खरिद प्रक्रिया अगाडि बढिसकेको ।
* उद्घाटन तथा समापन समारोहका लागि उपसमितिबाट खरिद प्रक्रिया सुरु भएको,
* भदौ २४ गते देखि पो्खरा रंगशालामा मास पीटीको अभ्यास सुरु हुने
* नवौं राष्ट्रिय खेलकुद–२०७९ मा समावेश खेलका खेलस्थलहरुको खेलस्थल व्यवस्थापन उपसमितिबाट प्रारम्भिक अध्ययन गरी खेलस्थलको नामावली पेश भईसकेको ।
* खेल स्थल निर्धारणका लागि सम्वन्धित खेल संघका पदाधिकारी र प्रविधिक टोलीबाट निरिक्षण हुने क्रम जारी । १५ भदौ सम्म खेल स्थालको टुंगो लागि सक्ने छ ।
* खेलाडी तथा अफीसियलको बसोवासका लागि पोखरामा होटलको संख्या यकिन गरि व्यवस्थापनको काम भईरहेको ।
* प्रतियोगिता अवधिमा आवश्यक पर्ने सवारी साधनको संख्या एकिन,दररेट निर्धारण गरि बोलपत्र आव्हान भएको
* खेल स्थलहरुमा स्वास्थ्य सेवाका लागि सम्वन्धित पालिकाहरु संगको समन्वय गरिएको
* सबै उपसमितिले तिब्रगतिमा काम सुरु गरेका ।
* सबै उपसमितिहरुले असोजको १५ गते भित्र सम्पूर्ण तयारी पुरा गर्ने गरि लक्ष्यका साथ काम भईरहेको ।
खेलकुद प्रतियोगिताई सफल बनाउने क्रममा सन्चारकर्मीको महत्वपूर्ण भूमिका प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि पूर्ण सहयोगको अपेक्षा गर्दछौ ।
mmmmmmmmmmmmmmmmmmmmmmmmmmmm
पत्रकार सम्मलेनमा सदस्य सचिव टंकलाल घिसिङले अब प्रतियोगिता हुने सुनिश्चित भई सकेको भन्दै उल्टो दिन गन्ती सुरु भएको बताउनुभयो ।
फेसबुक प्रतिक्रिया